Blog Archive

About Me

My photo
Boulder , Colorado, United States
Which question is valid? God created human being or Human being created god?.

Saturday, April 15, 2017

गाउँछ गीत नेपाली 
                                ~ माधवप्रसाद घिमिरे

गाउँछ गीत नेपाली,ज्योतिको पंख उचाली ! 
जय जय जय नेपाल, सुन्दर शान्त विशाल !!

गण्डकी कोशी कर्णाली,  मेची र महाकाली !
लेक र बेंसी ब्युँझाउँछन्,लहर लाख उचाली !!
 
हिमालचुली बोलाउँछ,  पहिलो झुल्का निकाली! 
 सगरमाथा शिखरमा, पुग्दछ पहिले नेपाली !!
 
सीताले सारा भिजाइन, दक्षिण लंका भारत !
 भृकुटी तारा उदाइन, उत्तर चीन तिब्बत !!

बुद्धले यहीं पाएथे, ज्ञानको पहिलो मुहान ! 
 शिबले यहीं ल्याएथे,  सृष्टिको पहिलो बिहान!!
 
पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यौं ! 
कुन शक्तिको सामुमा, कहिले हामी झुकेथ्यौं!!
 
हामीले हिमाल उठायौं, एशियाको माझमा !
सभ्यता बास बसेथ्यो, आएर यहीं साँझमा !!

यही नेपाली माटोमा, दिलको फूल रोपेर! 
यही पहाडी शिलामा,  पृतको गीत खोपेर !!

बाँचौला हामी नेपालमा, चन्द्र र सूर्य ध्वाजा लिई ! 
 नाँचौंला हामी हिमालमा, ज्योतिको पंख उचाली !!

No comments: